एक महिनामा ८ अर्ब ५५ करोडबढी प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागकाअनुसार यो महिना ‘अटोमेटिक रुट’ बाट ५ अर्ब ९७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ५९ उद्योग दर्ता भएको देखिएको छ ।

अटोमेटिक रुटबाट ३१ उद्योग दर्ता भएको देखिएको छ । साउनसम्मको तथ्यांक अनुसार ५ खर्ब २० अर्ब रुपैयाँ बराबर एफडीआई नेपाल भित्रिएको छ ।

साउनमा दर्ता भएका विदेशी लगानीका उद्योगमध्ये ५७ साना उद्योग छन् । त्यस्तै सेवा क्षेत्र १२, उत्पादन ३, सूचना–प्रविधि २ र कृषिमा २ उद्योग दर्ता भएको देखिएको छ । साउनमा ४९ करोड ९४ लाख रुपैयाँ बराबर रोयल्टी विदेशी लगानीकर्ताले लगेको देखिएको छ ।

Related posts

आइपीओ निष्कासन गर्ने तयारीमा रहेको होटल सब्रिना  कस्तो हो  ? १५ लाख कित्ता  निश्कासन तयारी

विद्युत् बक्यौतामा कानुनले मन्त्रिपरिषद्, प्रधानमन्त्री, ऊर्जा मन्त्री र आयोगहरुलाई चिन्देैन

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने