डिजिटल बैंकिङ कारोबारलाई ऐनमार्फत व्यवस्थित गर्न सांसदहरुको जोड

काठमाडौं । बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन विधेयक, २०८० मा डिजिटल बैंकिङ कारोबारलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिनुपर्ने सांसदहरुले बताएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन० विधेयक, २०८० माथि छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्ता बताएका हुन् ।

उनीहरुले पछिल्लो समय डिजिटल का रोबारमा ठगी बढिरहेको भन्दै बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० मा डिजिटल कारोबारको विषयलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताए । सांसदहरुले डिजिटल कारोबारलाई व्यवस्थित बनाउनसके चेकबाट हुने कारोबार पनि कम हुनसक्ने धारणा राखे ।

सांसदहरुले कानूनमा वित्तीय सुशासनको विषयमा छुट्टै परिभाषित गर्नुपर्ने बताए । उनीहरुले बैंकिङ कसुर तथा सजाय सम्बन्धि कानून बनाउँदै गर्दा मुलुकको वित्तीय प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने गरी ल्याउनुपर्नेमा जोड दिए ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

संविधान दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो नयाँ अफर

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा