नबिल बैंकले ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दै , विशेष साधारणसभा आह्वान

काठमाडौं। नबिल बैंक लिमिटेडले विशेष साधारण सभा डाकेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको ६६२ औं बैठकले भदौ १७ गते सभा गर्ने निर्णय गरेको हो।

सभामा ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा छलफल हुने बैंकले जनाएको छ ।

Related posts

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश घोषणा, कुन कम्पनीको कति ?

काठमाडौं महानगरमा थपिए ७ हजार ८ सय करदाता

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिन हुन्छ : महामन्त्री थापा