ठगको पनि महाठग अर्थात् ठगहरुको नाइके पूर्वमन्त्री झपट साउद

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री झपट बहादुर साउदले करोडौँ रुपैयाँ ठगि गरेका छन् ।

मन्त्री साउदले बझाङ घर भई काठमाडौंको टोखा नगरपालिका बस्दै आएका धनबहादुर बोहराको १ करोड ५० लाख रुपैयाँ झ्वाम पारिदिएका हुन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला साउदले विभिन्न योजना हालिदिने र ठेक्का पट्टा मिलाइदिने असुली धन्दा चलाउने गरेको कालो र्कतुत समेत बाहिरिएको छ ।

ठगको पनि महाठग अर्थात् ठगहरुको नाइके तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री झपट बहादुर साउद । चोरको बाउँ चण्डल भने जस्तै तस्विरमा जति भलाद्मी देखिए पनि साउदको भित्री धन्दा भनेको जनता ठग्नु जस्तै भएको छ ।

बझाङ स्थायी घर भई काठमाडौँ टोखा नगरपालिका–४ बस्दै आएका धनबहादुर बोहराको करोडौं रुपैयाँ झ्वाम पारेर ठालु पल्टिएका साउद माथि अब कानुनी डण्डा चल्ने भएको छ ।

पीडित पक्षले पटक पटक रकम फिर्ता गर्न आग्रह गर्दा उल्टै गुण्डाराज शैलीमा आफ्नो पाखुरीको तुजुक देखाउँने साउँदले यतिबेला सिङगो नेपाल सरकारलाई ठाडो चुनौती दिइरहेका छन् ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला साउदले विभिन्न योजना हालिदिने, ठेक्का पट्टा मिलाइदिने भन्दै असुली धन्दा चलाउँने गरेको र त्यहि चङगुलमा आफुले पनि एक करोड ५० लाख रुपैयाँ बुझाएको पीडित बोहराले बताएका छन् ।

मन्त्री भएपछि टेण्डर मिलाइदिएको भए सायद यो विवादले उग्र रुप लिने थिएन् । तर, यो विवाद यतिबेला अदालत सम्म आइपुगेको छ । मन्त्री भएपछि पावर सो गरेका उनले यो केशलाई सकेसम्म सामसुम बनाउँन अनेकन प्रयास गरे । तर सफल भने भएनन् । पीडित पक्षले आफ्नो रकम माग्दा उल्टै झुटो मुद्धा लगाएर जेलको हावा समेत खुवाएको पीडित पक्षको भनाई छ ।

नेपालीमा एउटा चर्चित उखान छ । कुकुरलाई मासु दिएपछि कहिले फिर्ता हुन्न भने जस्तै त्यो उखानलाई मात खुवाउँन गरी अब साउँदलाई पैसा दिएपछि फिर्ता हुन्न भन्ने उखान प्रमाणित गरिदिएका छन् ।

उनले ठगि गरेको विषय केलाउँदै जादा अन्य धेरै आउँछन् । कति अदालसम्म पुगे । कति पद र पावरको आडमा भित्रभित्रै सामसुम गराए त्यसको कुनै लेखाजोखा छैन् । बस अहिले सतहमा आएको विषय हो । डेड करोड काण्ड । जनताको करोडौं रुपैयाँ ठग्न सिपालु यिनी एकेडेमिक शिक्षामा भन्दा पनि ठग्नमा झनै अब्बल देखिन्छन् ।

यिनको दादागिरी यतिमात्र होइन । पीडितले आफ्नो पैसा फिर्ता मागेपछि पूवमन्त्री साउदले ४ करोडको चेक रेडी गरेको छु भनेर पिडित बोहरालाई नयाँ बानेश्वर पाठशाला नेपाल अगाडि बोलाउँछन् । भेटघाट गरेर एकछिनमा आउँछु भन्दै साउँद निस्किएको आधाघण्टा पछि नेपाल प्रहरीको टोली आएर छापामारको शैलीमा बोहरालाई भ्यानमा हालेर लैजान्छ ।

पक्राउ गरिसकेपछि ३ महिनासम्म थुन्छु भन्दा बझाङमा यार्सागुम्बाको काम भएकाले डर लागेर केही दिनपछि बाध्य भएर मिलापत्रमा हस्ताक्षर गरेको बोहराको भनाइ छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह