प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै

काठमाण्डु । प्रतिनिधि सभाको आज आईतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् ।

संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा २ वा सोभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले पदमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

आईतबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक राखिएको छ । बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न प्रधानमन्त्री ओलीले साउन ६ गते संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ को उपधारा ९४० बमोजिम त्यसरी नियुक्त गरिएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गतेको सहमतिका आधारमा एमालेका अध्यक्ष ओलीले नेपालको संविधानको धारा ७६९२० बमोजिम गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

२ ठूला दलबीचको सहमतिपछि अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत असार २८ गतेको संसद् बैठकमा विश्वासमा मत प्राप्त गर्न सकेका थिएनन् । नयाँ प्रधानमन्त्री ओलीको विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र नेकपा एकीकृत समाजवादी रहने स्पष्ट देखिएको छ भने कांग्रेस, एमालेसहित अधिकांश दलले विश्वासको मत दिने देखिएको छ ।

एमालेले आफ्ना अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको विश्वासको मतदान हुने दिन अनिवार्य उपस्थित हुन र पक्षमा मत दिन ह्वीप जारी गरिसकेको छ । सोही विषयमा निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक आईतबार बिहान बस्दैछ ।

Related posts

चीनसँग लगानी सहयोग आशाजनक : साउदी मन्त्री

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिसबारे थप अध्ययन गर्ने