को हुन अर्थमन्त्री विष्णु पौडेल, जसको पाँचौ पटक अर्थमन्त्रालय प्रवेश

पुष्कर बोहरा
काठमाडौँ
। एमालेका उपाध्यक्ष समेत रहेका विष्णु पौडेलले सोमबार उपप्रधान सहित आठौं पटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौं पटक अर्थ मन्त्रालय सम्हालेका विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने नेतामा पर्छन ।

पहिलो पटक ०७२ कात्तिक र दोस्रो पटक ०७७ असोजमा उनी अर्थ मन्त्री बनेको थिए । यस्तै, तेस्रो पटक ०७८ जेठमा, चौथोपकट ०७९ पुसमा उप–प्रधान सहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधान सहित अर्थमन्त्री बनेका हुन् । पौडेल पहिलो पटक ०५३ चैत १२ देखि ०५४ असोज १० सम्म युवा, खेलकुद तथा संस्कृति मन्त्री बनेका थिए । ०६५ भदौ ५ देखि ०६६ जेठ ७ सम्म उनी दोस्रो पकट मन्त्री बन्दै जलस्रोत मन्त्रालय सम्हाले । त्यतिबेला पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।

त्यसैगरी झलनाथ खनालको नेतृत्वमा २०६७ सालमा बनेको मन्त्रिपरिषद्मा पौडेल रक्षामन्त्री थिए । त्यतिबेला पौडेल ०६७ चैत ३ देखि ०६८ भदौ ११ सम्म रक्षा मन्त्रालय सम्हालेका थिए । त्यसपछि थप पाँच पटक मन्त्री बनेका पौडेलले हरेक पटक अर्थमन्त्रालय मात्रै सम्हाल्दै आएका छन् ।
सत्ता समीकरण निर्माण गर्न चलाख मानिने पौडेल केपी शर्मा ओली प्रधानमन्त्री बन्दा होस वा गठबन्धन सरकारमा होस मन्त्री बन्ने अवसर पाइरहेका छन् । ६५ वर्षका पौडेल एमालेको दुई वर्ष अघि भएको एमालेको महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् ।

२०३५ सालमा अखिल नेपाल कम्युनिस्टको अर्डिनेसन कमिटीबाट राजनीति सुरु गरेका पौडेल ११ वर्ष भूमिगत बसेका थिए । २०४१ सालमा रुपन्देही जिल्ला कमिटीको सचिव बनेका पौडेलले २०४७ सालमा एमालेको केन्द्रीय सदस्य रहँदै आएका छन् । त्यसैगरी २०५९ सालमा एमालेको स्थायी कमिटीका सदस्य बनेका पौडेल २०६५ सालमा भएको एमालेको आठौं महाधिवेशनमा सचिवमा निर्वाचित भए । नवौं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका पौडेल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि गठन भएको नेकपाको महासचिव भएका थिए । सुरुमा पाल्पाबाट निर्वाचित भएका पौडेल त्यसपछि रुपन्देहीबाट निर्वाचित हुँदै आएका पात्र हुन् । २०३७ सालमा ३ वर्ष जेल र ३ हजार रुपैयाँ जरिवानाको सजाय पाएका पौडेलले ४५ दिनमा जेल विद्रोह गरेका थिए । २०१६ मंसिर १५ मा स्याङ्जामा जन्मिएका लामो समयदेखि रुपन्देहीको बुटबलमा बस्दै आएका छन् ।

०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए । उनी ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए ।
संसदीय राजनीतिमा उनी ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । ०५६ मा उनी रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा पराजित भए । र फेरी ०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भए ।
यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने । ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएका थिए । कोरोनाको बेला उनी अर्थमन्त्री थिए ।

अर्थमन्त्रालय सम्हाल्न पूर्वअर्थमन्त्री युवराज खतिवडालाई ल्याउने बारे पनि बालकोटमा छलफल नभएको होइन । तर उनको बिकल्प भएन् । ओलीको निकट भएकाले पनि अब अर्थ मन्त्रालय ओली आफैँले नजिकबाट हेर्ने सक्ने देखिएको छ ।अर्थतन्त्र लर्खराएको बेला एमालेमा उपाध्यक्ष विष्णु पौडेल बाहेक अर्थमन्त्रीका लागि अर्को अनुहार देखिँदैन । त्यसो त, एमालेमा अर्थको बारेमा दख्खल राख्ने नेता नभएको हैनन । अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेल पनि अर्थमन्त्रीका लागि योग्य नेता हुन् । नेपालको अर्थतन्त्र अब लयमा लाने जिम्मा अब पौडेलको हातमा पुगेको छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह