नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल

काठमाडौं । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सरकार संचालनका लागि गठबन्धन हुने पक्का भएको छ । सहमतिको प्रारम्भिक खाका अनुसार प्रधानमन्त्री सहित अर्थमन्त्री लगाएत ९ मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहसहित १० मन्त्रालयको नेतृत्व गर्नेछ ।

अर्थमन्त्रालयले एमालेको भागमा पर्ने तय भएसंगै संभावित अर्थमन्त्रीको बारेमा समेत छलफल सुरु भएको छ । प्रारम्भमा एमाले अध्यक्षको नेतृत्वमा सरकार गठन हुने भएकाले ओलीले आफ्नो नेतृत्वमा बन्ने सरकारमा अर्थमन्त्रीका रुपमा पुर्व अर्थमन्त्री विष्णु पौडेलले ल्याउने संभावना बलियो देखिएको छ ।

ओलीका विस्वास पात्र समेत रहेका पौडेल एक सफल पुर्वअर्थमन्त्री समेत हुन् । पार्टीको आन्तरिक छलफलहरुमा समेत ओलीले अर्थमन्त्रीका रुपमा पौडेललाई नै लाने आशय व्यक्त गरेको स्रोतको दावी छ ।

Related posts

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?

झिनो अंकले बढ्यो नेप्से 

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह