ठूलो घात गर्नुभयोः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीच सोमबार मध्यराति भएको सम्झौताले आफूमाथि घात भएको बताएका छन् ।

एमाले र कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएपछि आज बिहान बसेको माओवादी पदाधिकारी बैठकमा प्रचण्डले आफूमाथि घात भएको बताएका हुन् । सोमबार साँझसम्म पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केही भएको छैन’ भनेर आफूमाथी ठुलो घात गरेको प्रचण्डको गुनोस छ ।

प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा नदिने मनशाय बनाएका छन् । उनले संसदमा विश्वासको मतको सामना गर्ने भएका छन् ।

Related posts

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको कारण मेयर हर्क साम्पाङले महिला पत्रकार धमलामाथि गरे दुर्रव्यवहार

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?