कसलाई जोगाउन यो बेचैनी हो सबैले बुझेका छन्: गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुल्न थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) को बीचमा नयाँ गठबन्धन बनेको बताएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको बताएका छन्। 

‘जे भएको छ केही भन्नै पर्ने छैन। सबै कुरा स्पष्ट पाइसकेको छ। तपाईंहरूले देखिहाल्नुभएको छ। जुन ढंगले सरकार अघि बढेको थियो। तपाईंहरू नै भन्नुहुन्थ्यो, फाइल खोल्नुपर्‍यो, फाइल खोल्नुपर्‍यो। फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने गरी भयो। मैले के भन्नु र!,’ उनले भने। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेकाले हो गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले बेचैनीको अरू के अर्थ होला र? भन्दै प्रतिप्रश्न गरे।

Related posts

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको कारण मेयर हर्क साम्पाङले महिला पत्रकार धमलामाथि गरे दुर्रव्यवहार

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?