एमाले-कांग्रेसबीचको गठबन्धन अस्वभाविक : माओवादी

????????????????????????????????????

काठमाडौं । माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै देश अग्रमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरु देखापरेको बताएको जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै देश पश्चगमनतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।

साथै सापकोटाले एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक नदेखिएको बताए । उनले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला(ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको बेला कांग्रेस र एमालेले नयाँ सहमति गरेको बताए ।

Related posts

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको कारण मेयर हर्क साम्पाङले महिला पत्रकार धमलामाथि गरे दुर्रव्यवहार

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?