एकीकृत समाजवादीले भन्यो ‘कांग्रेस–एमाले सत्तागठबन्धन चरम अवसरवाद हो’

काठमाडौं । एकीकृत समाजवादीले भन्यो कांग्रेस–एमाले सत्तागठबन्धन चरम अवसरवाद हो । कांग्रेस–एमालेबीच बनेको नयाँ गठबन्धनलाई एकीकृत समाजवादीले चरम अवसरवाद भनेको छ। पार्टीको दशौँ महाधिवेशन गरिरहेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनका निम्ति गरिएको नयाँ गठबन्धनलाई चरम अवसरवादको संज्ञा दिएका हुन्।
सोमबार मध्यराति दुई ठूला दल कांग्रेस र एमालेले नयाँ सत्तागठबन्धनका निम्ति सहमति गरेका थिए। त्यसपछि एकीकृत समाजवादीको यस्तो धारणा आएको हो। एकीकृत समाजवादी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सत्तागठबन्धनमा सहभागी छ।

Related posts

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको कारण मेयर हर्क साम्पाङले महिला पत्रकार धमलामाथि गरे दुर्रव्यवहार

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?