श्रद्धाञ्जली लेखेर पोष्ट गर्ने विरुद्ध कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानमा उजुरी

काठमाडौं । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रबिक्रम बेघालाई सामाजिक सञ्जालमा मृत्यु भएको भनी ‘श्रद्धाञ्जली’ लेखेर पोष्ट गर्ने विरुद्ध कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको छ ।

नेपाल सरकार गृह मन्त्रालयलाई सम्बोधन गर्दै सुनसरी जिल्ला प्रशासन कार्यालय, सुनसरी जिल्ला प्रहरी कार्यालयलाई लेखिएको निवेदन कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा दिइएको हो ।

ज्युँदै व्यक्तिलाई मृत्यु भएको भनी अपमानपूर्वक मानमर्दन गर्ने नियतले श्रद्धाञ्जली दिएर स्ट्याटस लेख्ने दोर्जे इन्डिजिनियशको वास्तविक नाम अरुण तामाङ, कुल बहादुर तामाङ घिसिङ लगायतका व्यक्तिहरू विरुद्ध निवेदन दर्ता गरिएको हो ।

उपमेयर बेघाले आज आइतबार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिदैं भने ‘म ज्युँदै छु ।’ सामाजिक सञ्जाल हेर्ने सर्वसाधारणलाई भ्रम पर्ने नियतले गरिएको अपराधजन्य कार्यको विरुद्धमा कारबाहीको लागि उजुरी दिएको उनले बताए ।

उनका अनुसार स्ट्याटसमा नगर कार्यपालिकाको बैठकको भिडियो तोडमोड गरी सामाजिक सञ्जाल किमजोङ नाम टिकटक आइडीबाट असार ७ गते ‘हामी बिच रहेनन् धरानका उपमेयर वैकुण्ठमा बास होस’ लेखिएको थियो ।

त्यसमा धरान उपमहानगरपालिका उपमेयर अइन्द्र बेगाका इटहरी जाने क्रममा ट्रकको ठक्कर परी घटनास्थलमै मृत्यु भएको छ भनी पोष्ट गरिएको थियो ।

उनले सामाजिक सञ्जालमा भ्रम सृजना गर्ने व्यक्तिहरूलाई नेपाल सरकार गृह मन्त्रालयलाई सम्बोधन गर्दे,जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरानमा बोधार्थ दिँदै कारबाहीका लागि निवेदन दिएको बताएश्रद्धाञ्जली लेखेर पोष्ट गर्ने विरुद्ध कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरानमा उजुरी

Related posts

वडाध्यक्ष र बालेनबिचको विवादले नगरसभा स्थगित

झलनाथ खनालको सर्पपालन परियोजनामा १८ करोड भ्रष्टाचार भएको ठहर

मन्त्रीले मन्त्रालयबाट निर्देशन हैन कार्यस्थलको अनुगमन गर्नुपर्छ : श्रममन्त्री अर्याल