जी.बी. राईको लोकेशन पत्ता लागिसक्यो : रबि लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्र बाबु (जीबी) राई मलेसियामा कहाँ लुकेर बसेका छन भन्नेबारे लोकेशन पत्ता लागिसेकेको बताएका छन् । गृहमन्त्री लामिछानेले आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै आफू मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग लगातार सम्पर्कमा रहेको र त्यहाँका गृहमन्त्री सैफुद्दिनले फरार जीबी राईको लोकेशन कन्फर्म गरिसकेको बताए ।

त्यहाँका गृहमन्त्रीको भनाई उद्धृत गर्दै उनले जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको जनाउँदै त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको र कोसिस जारी रहेको बताए । जीबी राईको विषयमा तीन दिन अघि मात्रे मलेशियाको गृहमन्त्रीसँग आफ्नो कुराकानी भएको लामिछानेले बताए ।

गृह मन्त्रालयले करिब डेढ महिनाअघि परराष्ट्र मन्त्रालय हुँदै मलेशियालाई पत्र पठाएर नेपालमा प्रहरीको खोजी सूचीमा रहेका राईलाई पक्राउ गरेर नेपाल फर्काइदिन अनुरोध गरेको थियो । तर औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले हालसम्म कुनै औपचारिक जबाफ दिएको छैन् ।

Related posts

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाइ

पोखरा महानगर र मलेपविरूद्ध सर्वोच्च पुग्यो मणिपाल