सरकारले ल्याएको बजेट जनता र राष्ट्रको पक्षमा छ: प्रधानमन्त्री दाहाल।

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताएका छन् । उनले बजेट समग्रमा सन्तोषजनक रहेको बताए ।

उनले भने, “मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ ।” सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उनको भनाइ छ । “यो सन्तोषजनक छ । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु”, उनले भने ।

प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा आफूले तीनैजना आइजिपिहरुलाई बोलाएर कुनै परिवर्तन नहुने भनिसकेको बताए ।

Related posts

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

सांसद विनोद चौधरीको पहलपछि सुस्तापारी नि:शुल्क बिजुली दिने उर्जा मन्त्रीको घोषणा

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी