गृह मन्त्रालयको पत्रकार सम्मेलन ः निर्मला पन्तबारे प्रश्न गर्दा जवाफ नदिएरै हिँडे रबी लामिछाने

काठमाडौं । गृहमन्त्रालयले एक सय दिनको उपलब्धिको रुपमा पत्रकार सम्मेलन गरेर भए गरेका कामको फेहरिस्त सुनाएको छ । तर उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयले भए गरेको कामको फेहरिस्त सुनाएपछि पत्रकारका‍े प्रश्नको सामना गर्नै चाहेनन् ।
उनले मन्त्रालयको टिमले गरेको कामको फेररिस्त सुनाएर सकेपछि कार्यक्रम सकिएको घोषणा गरे र हलबाट बाहिरिए । बाहिरिने क्रममा पत्रकारहरुले केही प्रश्नहरु सोध्नुपर्ने बताएको भए पनि उनी चुपचाप बाहिरिए । गृहमन्त्रीसँग दोहोरो सवाल जवाफ पत्रकारको हुन पाएन । आफ्नो सय दिने कार्यकालको उपलब्धि सुनाएका गृहमन्त्रीले प्रश्न सुन्नै चाहेनन् । मन्त्रालयमा राष्ट्रिय परिचयपत्रको कार्यान्वयन, गृह मन्त्रालय छिर्नका लागि इ(पासपोर्ट, अध्यागमन विभागको सुधार र विभिन्न घटनाहरुको अध्ययनका बारेमा भएका प्रगतिहरुबारे ब्रिफिङ गरिएको थियो ।

Related posts

सरकार फेरिए पनि नीतिगत स्थिरता हुनुपर्छः अर्थमन्त्री पुन

सार्वजनिक सुनुवाइमा प्रश्न सोधेको कारण मेयर हर्क साम्पाङले महिला पत्रकार धमलामाथि गरे दुर्रव्यवहार

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?