एमाले सरकारको जिम्मा नलिने रणनीतिमा छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाएको टिप्पणी गरेका छन् ।

शनिबार नेपाली कांग्रेसको नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले एमालेले मन्त्रिपरिषदमा जुनियर मन्त्री पठाउनुका साथै सरकारको कामको पनि जिम्मा नलिएको बताए ।

‘सरकारमा उसले जुनियर मन्त्रीहरु पठाएको छ, हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्नेपनि तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने’, उनले भने, ‘हेर्नुस् त बजेटमा कसरी पन्छिएको रु सरकार आफ्नो छ, यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ ।’

एमाले अबको दुई तीन वर्ष सरकारमा रहने तर सरकारको कामको जिम्मा नलिने रणनीतिमा देखिएको थापाको विश्लेषण छ । ‘अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा एमाले सरकारमा रहिरहन चाहन्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर जिम्मा लिँदैन’, उनले भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगतमा कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएको तर सरकारले राम्रो काम गर्न नसकेपछि सबै दोष कांग्रेसलाई लगाएको थापाले बताए ।

‘यो भन्दा एक वर्ष अगाडि उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन तर त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो रु उहाँले जिम्मा लगाइदिनुभयो, कांग्रेसको मानिसहरु थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन’, उनले भने ।

प्रचण्ड प्रधानमन्त्री भइरहने रणनीतिमा मात्र रहेको भन्दै थापाले किन प्रधानमन्त्री भइरहेको भन्ने जवाफ उनीसँग पनि नरहेको टिप्पणी गरे ।

‘माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो रु के गर्ने हो रु उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले रु केही पनि छैन । खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आएपनि बन्ने । उता आएपनि बन्ने । बनिराख्ने भन्ने छ’, उनले भने ।

नयाँ राजनीतिक दलहरुको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरु केही नभएको भन्दै थापाले के गर्दा फेसबुक र टिकटकमा लाइक बढ्छ भन्नेतिर मात्र उनीहरुको ध्यान दिएको टिप्पणी गरे ।

‘बिहान उठेपछि सोच्ने के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन । आज मैले के बोल्ने होला रु आज मैले कहाँ गएर के दिने होला रु कस्तो भिडियो बनाउने होला रु त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तीमा चार जना बढीले टिकटिकमा हेर्छन्’, उनले भने ।

थापाले अगाडि थपे, ‘उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरु भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने । समस्याको समाधान गर्ने होइन । खाली मानिसहरुको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसहरुको दृष्टिकोण निर्माण गर्ने प्रयास गर्ने । जिम्मा लिने भएन ।’

Related posts

वडाध्यक्ष र बालेनबिचको विवादले नगरसभा स्थगित

झलनाथ खनालको सर्पपालन परियोजनामा १८ करोड भ्रष्टाचार भएको ठहर

मन्त्रीले मन्त्रालयबाट निर्देशन हैन कार्यस्थलको अनुगमन गर्नुपर्छ : श्रममन्त्री अर्याल