एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

योग्य जो–कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी आज (जेठ १३ गते) देखि शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७५८ रुपैयाँ तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति जेठ २० गतेसम्म रहेको छ ।

Related posts

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

अर्थतन्त्र लयमा ल्याउन कोसिस गर्दैछौं: अर्थमन्त्री पौडेल