कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको आपत्ति

काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा निजी क्षेत्रका तीनवटै छाता संगठनले आपत्ति जनाएका छन्।
आफू‌माथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानविनमा सघाउने प्रतिवद्धता जनाएका सिरोहियालाई कार्यालय परिसरबाटै पक्राउ गरिएको घटनालाई नीजी क्षेत्रले आपत्ति जनाएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ गर्ने कार्यले नकरात्मक सन्देश दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

बिहीबार जारी संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘उजुरीकै भरमा उद्योगी व्यवसायी जो कोहीलाई थुनिहाल्ने नभएर उनीहरूका कुरा सुनिदिनुपर्ने निजी क्षेत्रको ठहर छ । यस्ता कार्यले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल घट्नेतर्फ राज्य सचेत हुनुपर्ने उल्लेख विज्ञप्तिमा छ ।

Related posts

अल्पमतमा परेका प्रचण्डले किन लिन खोज्दैछन् विश्वासको मत ?

प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाइ