सेयर बजारमा सामान्य सुधार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । मंगलबार बजार २।०६ अंकले बढेर १९६० को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ३२ लाख २३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन लघुवित्तको ५ करोड १७ लाख ९८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख १६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड २७ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर