ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं। बिहिबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको छ ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?