यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला २७०० रुपैंयाले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३४ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?