एलआईसी नेपालद्वारा लाभांश वितरण

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले यस्ताे निर्णय गरेको हो ।

कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, कम्पनीले सोही बमोजिमको निर्णय स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण पेश गर्ने र स्वीकृत पश्चात् आगामी वार्षिक साधारण सभामा पेश गरिने बताएको छ ।

Related posts

रिलायबल नेपाल लाइफको नाफा बढ्यो

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?