घट्यो सुन आयात

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना सुनको आयात गत आर्थिक वर्षको नौ महिनाको तुलनामा करिब २० प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको चैत्रसम्ममा १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको १९ लाख १ हजार ८६४ ग्राम सुन आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९।९० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब २८ करोड ७ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो ।

सुन आयातमा कमी आएतापनि सुन आयातबाट हुने राजश्व संकलनमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षमा २ अर्ब ४१ करोड ८४ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत अर्थिक वर्षमा भने १ अर्ब ९६ करोड ९१ लाख १ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?