एकदिन पनि टिक्न सकेन सेयर बजार, फेरि दोहोरो अंकको गिरावट

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार बजार १५।४१ अंकले घटेर १९६९ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी गुुुुुुुुुुर्खाज फाइनान्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड ४७ लाख ५४ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको जोशी हाइड्रोपावरको १० करोड १० लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख ६९ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ४ करोड ८९ लाख ५ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६८ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर