४ वर्ष पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

काठमाडौं । नेपाल बैंक लिमिटेडले ४ आर्थिक वर्षको पुरानो लाभांस बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै आव २०७५/७६, २०७६/७७, २०७७/७८ र २०७८/७९ को साधारण सभाबाट पारित भएको बोनस तथा नगद लाभांश बुझिलिन आग्रह गरेको हो । उक्त अवधिको लाभांश केहि सेयरधनीहरुले हालसम्म पनि बुझिलिन बाँकी रहेकाले ती सेयरधनीहरुलाई उक्त लाभांश बुझिलिन बैंकले आग्रह गरेको हो ।

सेयरधनीहरुले आवश्यक कागजातसहित स–प्रमाण कम्पनीको रजिष्ट्रार हिमायलय क्यापिटल लिमिटेड(साविकको सिभिल क्यापिल मार्केट)ठमेल,काठमाण्डैमा निवेदन पेश गरी नगद तथा बोनस लाभांश लिन सक्नेछन् ।

यसका साथै आव २०७५/७६ देखि २०७८/७९ सम्मको बोनस सेयरहरु सिधै हितग्राही खातामा जम्मा हुने र नगद लाभांश सिधै हितग्राही खातामा अद्यावधिक गराइएको बैंक खातामा आईपीएसमार्फत सेयरधनीहरुको बैंक खातामा जम्मा हुने हुँदा हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाइै बैंकले अद्यावधिक गराउन आग्रह गरेको छ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने