सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज रेकर्ड राखेको छ । आज प्रतितोला १७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार २सय निर्धारण भएको छ । सोमबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला र एक लाख ३८ हजार ५०० मा निर्धारण भएको हो । तेजाबी सुन सोमबार भने एक लाख ३६ हजार ८ सयमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला एक हजार ७ सय ५०निर्धारण भएको छ ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?