लगातार घट्दै सेयर बजार

3d red arrow down in business graph on white

काठमाडौं । सेयर बजारको गिरावट जारी रहेको छ। आज पनि नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ को विन्दुमा झरेको छ।

आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से २००० तल झर्दा २०० कम्पनीको सेयरभाउ घटेको छ। आज ४२ वटा कम्पनीको सेयरभाउ बढ्दा २ वटाको भने स्थिर रहेको छ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चर २०८९ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गोर्खाज फाइनान्सका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् । सिभिल बैंक डिबेञ्चर २०८८ का इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सर्वोत्तम सिमेन्ट,शिवम सिमेन्ट,हिमालयन रिइन्स्योरेन्स,ग्रीन डेभलपमेन्ट बैंक,नेपाल फाइनान्स,युनाइटेड अजोड इन्स्योरेन्स,सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर