नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांश घोषणा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस्तै सञ्चालक समितिको बैठकले लाभांश स्वीकृतीका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने तथा उक्त प्रस्ताव नेपाल सरकार र नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो