सलिकोको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (सलिको)को संस्थापक शेयर बिक्रीमा रहेकाे छ । कुमारी बैंकको स्वामित्वमा रहेको सलिकोको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आज चैत २८ गतेबाट बिक्रीमा राखिएको हाे ।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुमात्रै खरिद आवेदन पेस गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक संस्थापक शेयरधनीले यो शेयर खरिदका लागि आउँदो जेठ १ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो