घट्यो सेयर बजार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । आर्थिक वर्ष २०८० को अन्तिम कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.७१ अंकले घटेर २०२५.३० को विन्दुमा झरेको छ।

आज ३०८ वटा कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। बजार घट्दा आज १७६ कम्पनीको सेयरभाउ घटेको छ भने ६३ वटाको उकालो लागेको छ। यो दिन ६ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज सबैभन्दा धेरै माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६९ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८.२६ प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.७३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गोर्खाज फाइनान्सः ११ करोड १२ लाख रुपैयाँ,नेपाल फाइनान्स ९ करोड ७७ लाख रुपैयाँ,पोखरा फाइनान्स ९ करोड ७६ लाख रुपैयाँ,नेपाल पुनर्बीमा कम्पनी ८ करोड ५८ लाख रुपैयाँ,ङादी ग्रुप पावर ८ करोड १७ लाख रुपैयाँ,सूर्यज्योति लाइफ ७ करोड ७५ लाख रुपैयाँ,माण्डु हाइड्रोपावर ६ करोड ८७ लाख रुपैयाँ,सिवाईसी नेपाल लघुवित्त ६ करोड ६१ लाख रुपैयाँ,सर्वोत्तम सिमेन्ट ५ करोड ७० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर