काठमाडौं । ईपीएस भाषा परीक्षामा ६ हजार जना परीक्षार्थी पास भएका छन् । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका हुन् ।
७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।
उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा २०८१ साल ३१ वैशाखदेखि १६ साउनसम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुससम्म सञ्चालन हुनेछ ।