डिप्रोक्स लघुवित्तको साधारणसभा आज, के-के छन् एजेन्डा ?

काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आज आयोजना हुँदैछ ।

कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थाको २२औं वार्षिक साधारणसभा आयोजना हुन लागेको हो ।सभा चितवनमा रहेको पार्क सफारीमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै संस्थाले अन्य उपयुक्त घ वर्गका लघुवित्तलाई गाभ्ने/प्राप्ति गर्ने कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले आगामी चैत १५ गते बुक क्लोज गरिसकेले चैत १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गरिनेछ ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने