एकैदिन २९ सयले बढ्यो सुनको मूल्य, बनायो नयाँ रेडर्क

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज मूल्य प्रतितोला २९ सयले बढेर हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

शुक्रबार प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन पनि तोलामा २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related posts

सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोला किन्न कति रकम चाहिन्छ?

घट्यो सुनचाँदीको मूल्य

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा भइरहेछ कारोबार ?