टी-२० विश्वकपमा नेपालले नयाँ जर्सी लगाउने

Photo by Panda Man Chung Yan / Takumi Images. All rights reserved.

काठमाडौं । टी–२० विश्वकपको लागि नेपालको जर्सी नयाँ हुने भएको छ । आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपको लागि नेपाल क्रिकेट संघ ९क्यान० ले टी–२० विश्वकपको जर्सी तयार गरी सकेको छ ।

क्यानले चाँडै औपचारिक कार्यक्रम गरेर उक्त जर्सी सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ जर्सीको सबभन्दा तल गैंडा र सगरमाथा हुनेछ । रातो, हल्का मधुरो र सेतो रंगमा हुनेछ । बीचमा नेपाल लेखिएको हुनेछ । बीचको भागको रंग निलो हुन्छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो हुनेछ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा हुनेछ । दुवै भागतर्फ बाउला ९हातमा० नेपालको झण्डा हुनेछ ।

एकतर्फ केल्मीको लोगो हुनेछ । पछाडिको अधिकांश भाग निलो रंगमा हुनेछ । जर्सी नम्बरमाथि खेलाडीको नाम हुनेछ । तल्लो भागमा सगरमाथा नै हुनेछ ।

जर्सी वर्तमान सिनियर टोलीले लगाएको भन्दा फरक बनाएको छ ।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित