सेयर बजारमा दोहोरो अंकको गिरावट, २ अर्बमाथिको कारोबार

काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ को विन्दुमा बन्द भएको छ।

आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

जोशी हाइड्रोपावर ८ करोड ३२ लाख रुपैयाँ,सोनपुर मिनरल्स ७ करोड ३३ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स ७ करोड १० लाख रुपैयाँ,गोर्खाज फाइनान्स ५ करोड ९० लाख रुपैयाँ,पिपुल्स हाइड्रोपावर ४ करोड ९७ लाख रुपैयाँ,दोल्ती पावर ४ करोड ५१ लाख रुपैयाँ,दोर्दी खोला जलविद्युत ४ करोड २६ लाख रुपैयाँ,पिपुल्स पावर ३ करोड ४९ लाख रुपैयाँ,धौलागिरी लघुवित्त ३ करोड ४५ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Related posts

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण

विदेशी मुद्राको विनिमय दर कति ?