चुक्ता पूँजीको १ प्रतिशत बढी ऋण हुने बैंक सञ्चालक बन्न नपाउने

काठमाडौं । अब चुक्ता पूँजीको १ प्रतिशत बढी ऋण हुने बैंक सञ्चालक बन्न नपाउने भएकाे छ । बैंकबाट व्यावसायिक ऋण लिएका व्यक्तिलाई सञ्चालक बन्न कडाइ गर्ने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन हुने भएको हाे ।

बिहीबार अर्थमन्त्री वर्षमान पुनले बाफिया संशोधन विधेयक प्रस्तुत गर्दै चुक्ता पूँजीको १ प्रतिशतभन्दा बढी व्यावसायिक ऋण छ भने त्यस्तो व्यक्ति बैंक सञ्चालक बन्न आयोग्य हुने व्यवस्था प्रस्ताव गरेका हुन् ।

प्रस्तावित बाफिया संशोधनमा भनिएको छ, ‘सम्बद्ध व्यक्ति वा निजको परिवार वा निज र निजको परिवार सम्बद्ध कम्पनी वा संस्थाले लिएको कुल व्यावसायिक ऋण निज सञ्चालक हुन चाहेको बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजीको एक प्रतिशतभन्दा बढी भएको सञ्चालक हुन योग्य हुनेछैन ।’

बैंकको सञ्चालक हुन ७० वर्ष उमेर हद राख्ने गरी बाफिया संशोधन विधेयक संसदमा दर्ता भएको हो ।

Related posts

माण्डु हाइड्रोपावरले घोषणा गर्‍याे लाभांशन

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारत

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने