चेन्नई सुपर किंग्सले पायो नयाँ कप्तान

काठमाडौं । आइपिएल २०२४ का लागि चेन्नई सुपर किंग्सले रुतुराज गायकवाडलाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ।

साविक विजेता चेन्नईले युवा ब्याट्सम्यान गायकवाडलाई कप्तान नियुक्त गरेको हो।

लामो सयम कप्तानी गरेका महेन्द्रसिंह धोनीको स्थानमा गायकवाडलाई कप्तान बनाइएको छ।

उद्‌घाटन खेलमा शुक्रबार राति चेन्नईले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंग्लोरसँग खेल्दा गायकवाडले कप्तानी गर्नेछन्।

धोनीले पहिलो सिजनको आइपिएल २००८ देखि चेन्नईको कप्तानी गरेका थिए। यद्यपी सन् २०२२ मा रविन्द्र जडेजालाई कप्तानी बनाए पनि जडेजाले सिजनको बीचैम धोनीलाई नै कप्तानी सुम्पिएका थिए।

धोनीले गत सिजन छैटौं पटक चेन्नईलाई आइपिएलको च्याम्पियन बनाएका थिए।

धोनीले चेन्नईको कुल २४९ खेल मध्ये २३५ खेलमा कप्तानी गरेका थिए।

धोनीले २०१६ र २०१७ मा चेन्नईलाई प्रतिबन्ध लाग्दा राइजिङ पुने सुपरजायन्टको कप्तानी गरेका थिए।

Related posts

१२ वर्षपछि फुटबलमा नेपालले अफगानिस्तानलाई हरायो

यसरी बन्दैछ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा