सर्वोत्तम सिमेन्टको कतिमा भयो पहिलो कारोबार?

काठमाडौं । बुक बिल्डिङमार्फत् सर्वसधारणमा जारी भएको सर्वोत्तम सिमेन्टको सेयर कारोबार आज (मंगलबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ५५६ रूपैयाँमा कारोबार खुला भएको हो।

सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको ‘एसएआरबिटिएम’ संकेतमा सेयर कारोबार खुला भएको छ। सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरू (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरू, संस्थागत लगानीकर्ता र कर्मचारीहरूसमेत) लाई वितरण गरेको ६० लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरूले लगानी गरेको ४ करोड ५ लाख कित्ता सेयर गरी कुल ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत गराएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १८५ रूपैयाँ ३६ पैसादेखि ५५६ रूपैयाँ ०८ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको थियो। सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो।

नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ।यस अवधिसम्म कम्पनीको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ६११ रूपैयाँ ६० पैसा पुगेको छ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर