लगातार घट्दै गएको सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो।

Related posts

सुनचाँदीको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

उच्च विन्दुमा पुगेको सुन थोरै सस्तियो, आज कति?

सुनको मूल्य लगातार उकालो, एक लाख ६१ हजार नाघ्यो