अमेरिकी डलरको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। सोमबारको तुलनामा मंगलबार डलर सटहीको दर बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर १ को नेपाली खरिद दर १३२ रुपैयाँ ३६ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९६ पैसा तोकिएको छ। यसअघि सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३१ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो।

मंगलबार युरो १ को नेपाली खरिद दर १४४ रुपैयाँ ३३ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ९८ पैसा कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो