IPO

आईपीओ निष्कासन गर्दै एक कम्पनी

काठमाडौं । सभापोखरी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आगामी चैत २४ गते काठमाडौंको महाराजगंजमा रहेको अरिकल ईभेन्ट्समा साधारण सभा बोलाएको हो ।

सभामा कम्पनीको पूँजीको संरचना संशोधन गर्ने र आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने सम्बन्धमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ ।

यस्तै सभामा कम्पनीको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा १ जना स्वतन्त्र सञ्चाल नियुक्त एजेण्डा पनि रहेको छ ।

Related posts

आईपीओ निष्कासन गर्दै थप एक कम्पनी

आइपिओ जारी गर्दै क्लासिक भ्यू रिसोर्ट

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै एक कम्पनी