प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन ९ह्विप० जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज विज्ञप्तिमार्फत यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।

प्रधानमन्त्री दाहालले यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।

Related posts

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको कर्तुत नै कर्तुत, मदिराले मातेर राती युवतिलाइ फोन गरेर राखे यस्तो प्रस्ताव

केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन