सेयर बजारमा दोहोरो अंकको वृद्धि, आज कतिको भयो कारोबार ?

काठमाडौं । सेयरबजारमा आज दोहोरो अङ्कको वृद्धि भएको छ । बुधबार अर्थमन्त्रीमा वर्षमान पुनको नियुक्ति भएपछि सामान्य बढेको सेयरबजारले आज पनि वृद्धिलाई निरन्तरता दिएको हो ।

हिजो ९।३३ अङ्कले बढेको सेयरबजार आज पनि १३।५१ अङ्कले बढेर २०३०।५५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार ३ सय ५७ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने घटेर ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ पुगेको छ । आज बजार बढ्दा कारोबार रकममा भने गिरावट भएको हो ।

आज सर्वाधिक कमाउने कम्पनीहरुमा पिपुल्स हाइड्रो, चिरख्वा हाइड्रो र मध्य भोटेकोसी जलविद्युत रहे । ती कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा सामलिङ पावर, बिएनटी, जोशी हाइड्रो र दोर्दी हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज ननलाइफ इन्स्योरेन्स समूहको उपसूचक सर्वाधिक १।५६ प्रतिशतले बढ्दा हाइड्रोपावर समूहको उपसूचक १।१४ र लघुवित्त समूहको उपसूचक ०।८१ प्रतिशतले बढ्यो । आज म्युचुअल फन्ड समूहको उपसूचक सर्वाधिक ०।७९ प्रतिशतले घट्दा ट्रेडिङ समूहको उपसूचक ०.२५ प्रतिशतले घट्यो ।

Related posts

लाभांशसहित यि एजेण्डा पारित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

साताको सेयर बजार : तीव्र उतार चढावका बाबजुद १० अङ्क मात्र वृद्धि