साफ यू-१६ महिला च्याम्पियनसिप : भारतद्वारा नेपालको पोष्टमा १० गोल

काठमाडौं । साफ यू१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको छ । एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफमा ६ गोल खाएको नेपाल दोस्रो हाफमा ४ गोल खायो । यससँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताको फाइनलमा भारत र बंगलादेश खेल्ने पनि पक्का भएको छ । लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ ।

पहिलो खेलमा बंगलादेशसँग २-० को हार बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो । भारतले पहिलो खेलमा भुटानलाई ७-० ले पराजित गर्दा दोस्रो खेलमा बंगलादेशसँग ३-१ को हार बेहोरेको थियो ।

प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।

Related posts

बंगलादेशमाथि १० विकेटको जित निकाल्दै भारत फाइनलमा

बलियो टोली भारतको सामना गर्दै नेपाल

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित