गठबन्धनबाट मन्त्री बनेकाहरूको शपथ आज अपरान्ह ५ बजे

काठमाडौं । नयाँ गठबन्धनबाट मन्त्री बनेकाहरूको शपथ आज अपरान्ह ५ बजे हुने भएको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसहित दलका मन्त्रीहरूको शपथ तयारी शीतल निवासले गरेको छ।

नवनियुक्त मन्त्रीहरूको शपथका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति कार्यालयलाई पठाएको छ। त्यहीअनुसार शीतल निवासले शपथ तयारी गरेको हो।

आज एमालेबाट ८ जना, माओवादीबाट ५ जना, रास्वपाबाट ४ जना र नेकपा एकीकृत समाजवादीबाट २ जनाले शपथ लिने तयारी छ।

Related posts

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको कर्तुत नै कर्तुत, मदिराले मातेर राती युवतिलाइ फोन गरेर राखे यस्तो प्रस्ताव

केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन