चार मन्त्रालयमा दाबीसहित सरकारमा जाँदै रवि लामिछानेको रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा जाने भएका छन् । तर उनको मन्त्रालय भने टुंगो लागेको छैन ।

लामिछानेले गृह मन्त्रालयमा दाबी गरेका छन् । पुस १० मा फर्किएकाले रास्वपाले चारवटा मन्त्रालयमा दाबी गरेको छ । ‘पुस १० को अनुसारमा जाने हो, प्रवक्ता मुकुल ढकालले भने ।

पुस १० मा रास्वपाले गृह, शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्री पाएको थियो ।

रास्वपा सचिवालय बैठकले समसामयिक राजनीतिक घटनाक्रमका सम्बन्धमा तत्काल आइपर्ने निर्णय गर्ने अधिकार पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।

Related posts

दुर्गा प्रसाईंलाई अदालतमा लगियो

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ :  नेता साउद

रवि लामिछानेलाई आज पोखरा फर्काइँदै