आइतबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा कायम हुँदा बिक्री दर १३३ रुपैयाँ १३ पैसामा खरिदबिक्रीको अनुमति दिइएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।

बेलायती पाउन्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा, अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर १ को खरिददर ९८ रूपैयाँ ३१ पैसा तथा बिक्री दर ९८ रूपैयाँ ७६ पैसा कायम गरिएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ३४ पैसा तथा विक्री दर ३५ रूपैयाँ ५० पैसा कायम गरिएको छ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर