जेफ बेजोसले बेचे ४ अर्ब डलरको शेयर

काठमाडौं । विश्वका सर्वाधिक धनी मध्येका एक खर्बपति तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले अमेजन कम्पनीमा रहेको ठूलो परिमाणको शेयर बिक्री गरेका छन् । उनले हालैमात्र अमेजनबाट ४ अर्ब डलरको शेयर बिक्री गरेका हुन् ।

सन् १९९४ मा अमेजन कम्पनीको स्थापना गरेका बेजोसले यो महिना मात्रै अमेजनमा रहेको आफ्नो २ करोड ४० लाख कित्ता शेयर बेचेका बीबीसीले जनाएको छ । कम्पनीको कार्यकारी अध्यक्ष रहेका बेजोसले यसअघि सन् २०२१ मा पनि आफ्नो नाउँमा रहेको उल्लेख्य कित्ता शेयर बेचेका थिए ।

अमेजनले आगामी वर्षसम्ममा ५ करोड कित्ता शेयर बेच्ने योजनामा रहेको खुलासा अमेजनले अघिल्लो महिना मात्रै गरेको थियो । जसको मूल्य हाल ८ अर्ब ४० करोड पर्दछ ।
१ करोड २० लाख कित्ता शेयरको पहिलो बिक्री गत शुक्रबार नियमनकारी निकायमा बुझाइएको विवरणमा घोषणा गरिएको थियो । त्यसपछि मंगलबार थप १ करोड २० लाख कित्ता शेयर बिक्रीको घोषणा गरियो ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर