आर्थिक अनुशासन नभए अर्थतन्त्र सुध्रिन्न  : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्था सुध्रिदै गएको बताएका छन् । अर्थमन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बजेटको अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री महतले राजस्व वृद्धिदर ९ दशमल ६७ प्रतिशतले बढेको बताए । जुन यसअघि ऋणात्मक थियो ।

ुराजस्व संकलन वृद्धि हुने गरी सरकारले काम गरिरहेको छ ,ुअर्थमन्त्रीले भने,ु राजस्व बढाउनेबारे सरकारले समिति नै गठन गरेर अध्ययन गरिररहेको छ।ु

उनले विदेशी सहयोग समेत बढने दावी गरे । विदेशी लगानीको वातावरण समेत बन्दै गएको उनको भनाइ छ।

‘केन्द्र सरकारसँग बजेट धेरै छैन, बजेट स्थानीय तह र प्रदेश तहमा बाँडिएको छ ,तर विकास माग्न चाँहि सबैजना केन्द्रमा आउनुहुन्छ , ुअर्थमन्त्री महतले भने,ुविकास खोज्न प्रदेश र स्थानीय तहमा पनि जानुपर्‍यो ।’

लक्ष्यअनुरुपको आम्दानी हुने अवस्था नभएको भन्दै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न आर्थिक अनुशासन जरुरी रहेको जिकिर गरे।

Related posts

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

सूर्यज्योति लाइफको संस्थापक शेयर बिक्रीमा

अर्थतन्त्र लयमा ल्याउन कोसिस गर्दैछौं: अर्थमन्त्री पौडेल