पाँच जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । पाँच जना शाखा अधिकृत रात्रपत्रांकित द्वितीय श्रेणी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले बैठकले नेपाल लेखापरीक्षण सेवाका चार जना शाखा अधिकृतलाई कार्यक्षमताको आधारमा उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

शाखा अधिकृतबाट उपसचिव बढुवा हुनेमा डुलहरि दाहाल, संगीता फुयाल, पिंकीकुमारी दास र मञ्जु पन्थी रहेका छन् । चार जना उपसचिवमा बढुवाका लागि १६ जनाले उम्मेदवारी दिएकोमा १३ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए ।

यस्तै नेपाल इञ्जिनियरिङ सेवा सिभिल इन्जिनियरिङ समूहको जनरल उपसमूहतर्फका एक जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा वीरबहादुर रावल रहेका छन् । रिक्त रहेको एक पदका लागि सात जनाले उम्मेदवारी दिएकोमा ६ जना सम्भाव्य उम्मेदवार कायम भएका थिए ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल